गेथाती

सनिदेवल झाँक्रीमगर ‘मङ्ग्या’का ५ टुक्का कविताहरू

सनिदेवल झाँक्रीमगर ‘मङ्ग्या’
३ पुष २०८०, मंगलवार

(१)
साहुले दिएको त्यो ऋण तिर्न,
बाध्यतामा परियो खाडी छिर्न ।

(२)
आहा हाँसो तिम्रो कति मीठो,
मख्खै भएँ म गाउँले ठिटो ।

(३)
पिरतीको न्यानो शितल लेऊ न,
साथ तिमी जुनी भरको देऊ न ।

(४)
खोज्दैछौ मायालु टाढिन खै किन,
सक्दिनौ र जीवनमा साथ दिन ?

(५)
छैन बल खेतबारीमा उम्रियो झाडी,
शून्य भए गाउँहरू युवा जति खाडी ।
०००
थबाङ ३, मिरुल, रोल्पा

TAGS: टुक्का कविता सनिदेवल झाँक्रीमगर