नखोल्दै – क्षितिजले नयन ओभाउन नपाउँदै
बादलको आँसुले भिजेका गर्धैली र बार्मासी फूलहरु उडेको थिएँ – आमाको न्यानो काख छोडेर ।
कृपया,
गुँडबाट चराका बचेराहरु लिएर
गोधुली साँझमा नदेखाइदिनु – मेरी आमालाई
वेदनाको असीम वर्षाले परेली भिजाउँछिन् – मेरै सम्झनामा ।
