विशाल जङ्घार तर्न बनायो मलाई पुल – म बनिदिएँ
मेरै छातीमा कुल्चेर पुग्यौ तिम्रो रुमानी शहर ।
अक्करे गौँडा काट्न बनायो मलाई भर्याङ – म बनिदिएँ
मेरै कुममा टेकेर चुम्यो तिम्रो चाहनाको उचाई ।
आज फेरि – केको मन्दी लाग्यो र तिमीलाई ?
मलाई अचानो बनाउने दाउमा छौ ।
