साथीले सोध्यो घर कहाँ कसले के गरेको देशमा?
मैले भनें बुद्धले हिजो शान्ति छरेको देशमा।
मिल्नै घारो परिवार तँ तँ र म म दाजुभाइ,
हात हातमा खुकुरी ल्याई नबुझी लडेको देशमा।
सुस्ता टिस्टा काली सम्झेर रुँदैछौँ अझै हामी,
स्वाभिमान र एकता सबै सबै हरेको देशमा।
चल्दैछ अझै जोडले हुरि छेक्ने सपुत कोही छैन,
हराउँछ कि चन्द्र सूर्य म नेपाली डरेको देशमा।
निरास हुँदै भन्यो “साथी बिउँझ भन निद्राबाट,
बेला घर्केको छैन सूर्य ग्रहण परेको देशमा”।।
