याद र सम्झना एक शब्दमा
छुटेछ प्रेमकथा एक शब्दमा
दुनियाँ त्यो चाँदमा पुगिसकेछन्
पागल छ जमाना एक शब्दमा
आँखाबाट आँसुहरू हराएछन्
दु:खको खिस्सा एक शब्दमा
हेर एकैछिन खुसी मिलेको थियो
निरास छ सपना एक शब्दमा
मेरो जिन्दगी तिम्रो नाममा छ
बह्माण्ड हौ आमा एक शब्दमा ।
०००
दाङ (हालः काठमाडौँ)
