गेथाती

कथा : धागो बाँधिएको चिठी

खेमराज शर्मा
१० आश्विन २०८२, शुक्रबार

बिहान झिसमिसेको बेला थियो । आकासका तारा झर्दै थिए, फ्यात्तफ्यात्त पाकेको आँप भूइँमा झरे जस्तै । धुमभित्रको भाले बेजोडले चिच्याइरहेको थियो, ‘कुखुरी काँ’ । मेरो छिमेकी दाजुको घरमा यति बिहानै मान्छेको खलबल सुनेर होला, मेरो निद्राले पनि न्यानो आँखाबाट बिस्तारा उठाइहाल्यो । म उठें । मलाई घरभित्रको न्यानो वातावरणभन्दा छिमेकी घरको चिसो कुराकानीले चिमोट्न पुग्यो छातिभरि । हातमा उज्यालो थिएन, त्यसैले आँखाहरू बाटाको खोजी गर्दै हिडेँ । म पनि मेरा छिमेकी दाजुको घरमा टुप्लुकिएँ ।

म त्यहाँ गएकाले हो वा किन हो अघिसम्मको खैलाबैला साम्य भयो । आँगनमा झोला बोकेका अन्य दुईजना दाजुकै उमेरका मान्छेहरू खडा थिए । भाउजू हातमा सल्लाको कत्तरको भाङ समातेर ढोकाको साम्ने पिँढीमा बसेकी थिइन् । उनको कपाल छ्याल्लब्याल्ल पोखिएको थियो अनुहारभरि । उनको अनुहारले निराशा र पीडाको भाव पोखिएको थियो । उनको हातमा बलिराखेको भाङ समातेर ढोकाको सामुन्ने पिँढीमा बसेकी थिइन् । उनको कपाल छ्याल्लब्याल्ल पोखिएको थियो अनुहारभरि । उनको अनुहारले निराशा र पीडाको भाव पोखिएको थियो । उनको हातमा बलिराखेको भाङ समातेर ढोकाको सामुन्ने पिँढीमा बसेकी थिइन् । उनको कपाल छ्याल्लब्याल्ल पोखिएको थियो अनुहारभरि । उनको अनुहारले निराशा र पीडाको भाव पोखिएको थियो । उनको हातमा बलिराखेको भाङको प्रकाशभित्र जिन्दगीको अँध्यारो रात लुकामारी गरेजस्तो देखिन्थ्यो । उनको आँखाबाट मोतिका विन्दूहरू झर्दै थिए, त्यही झरझराउँदो भाङको आगोमा तप्प तप्प । भाउजूको नयन पग्लेर झरेको मोतिको प्रभावले होला भाङ पनि गर्दथ्यो चर्र– चर्र ।

असारको अन्ततिरको समय थियो । बारीभरि छरेका मकैका बोटले धानचवर गर्दै थिए । कालो साउनले ढाक्नलाई एक हप्ता पनि बाँकी थिएन । भनिन्छ, ‘कालो साउन, त्यसताका मान्छे घरबाहिर नजाउन्’ । तर मेरा छिमेकी दाजु बैंसले धपधप बलेकी श्रीमतीलाई छाडेर कालो साउनको यात्रा गर्दै थिए । यसपालि असारमै ठूलो पानी परेकाले होला खोलानाला उर्लिसकेका थिए । सुखा खहरेहरूले पनि बर्षे बैंस निकालेका थिए ।

भाङको अगाडि उभिएका ती दुई युवकहरू निन्याउरो अनुहारले आँखा जुधाइरहेका थिए, भाउजूको हातको भाङसित । भाउजूको अस्तव्यस्त लुगाबाट बैंस चुहिरहेको देखिन्थ्यो । उनलाई केही मतलब थिएन जवानीले आँखीझ्यालबाट चियाउँदा पनि । ती दुई युवकहरू धेरै अघिदेखि उभिरहेका थिए, उनीहरूलाई ‘बस’ भन्ने कोही पनि थिएनन् । भाङको उज्यालोले हो वा भाउजूको जवानीको उज्यालोले हो ती दुई युवकहरू ठाडीगाउँबाट आएका झैं खडा थिए ।

म उभिदाउभिदै घरदेखि पूर्वतिरको आकासतिर आँखा फैलाउन पुगें । मेरो घर सामुन्नेको क्षितिजमा उषाले अलिकति रातो टीका लगाइदिएको देखें । यता घरको ढोकाबाट पनि आफ्नी आमाले रंगाइदिएको रातो निधार लिएर छिमेकी दाजु बाहिरिए । दाजु निकै गम्भीर र मलीन अनुहारमा थिए । निकैबेरदेखि हातमा भाङ लिएर बसेकी भाउजू ढोकासामुन्ने उभिएका पतिको गोडामा निधार बसाल्न पुगिन् । त्यसैबेला हातको भाङ पनि निभ्यो । हामी सबै अन्धकारको भ्वाङभित्र छिप्यौं ।

ती तीन यात्रीहरू पाइला बढाउन थाले । भाउजू पिँढीमा चढेर रून्चे स्वरले चिच्याइन्– ‘कालीको बौ उता पुगेसी चाँडी चिठी पठौनू है ?’ कालीका बाउको घाँटीमा बैंस उफारिरहेकी श्रीमती, दम रोगले थला परेकी आमा, पाँच वर्षकी चुल्बुले छोरी काली अनि गरिबीले खास्टो पारेकी गृहस्थीको बुजो घाँटीमा अड्कन पुगेरै होला केही पनि बोलेनन् मेरा छिमेकी दाजु । सारोगारोमा सदा सहयोगका हात बढाउने ती असल छिमेकी दाजुलाई बिदा गर्दा उदासपूर्ण भएको भारी मन र गह्रुङ्गा खुट्टा लिएर म पनि घर फर्कें ।

समय अविराम बगिरहन्छ । समयसँगै मानिसका सुखदुःख पनि बगिरहन्छन् । समय सृष्टि हो, निर्माण हो, समृद्धि पनि हो, त्यसै गरी समय विवारा, विघटन र अन्त पनि हो । समयको कोठरीभित्र जो पनि बिलाउनुपर्छ, त्यसैले त समयलाई ‘बलवान्’ भनिन्छ ।

मेरो छिमेकी दाजु परदेशिएको पूरा पाँच वर्ष पुग्यो । उनी विदेशिए लगत्तै उनकी आमाले संसार त्यागिन् । काली पनि पूरा दश वर्ष पुगिसकी । मेरी छिमेकी भाउजू लोग्ने आउने बाटो हेर्दाहेर्दै हैरान परिन् । न चिठी चपेटो त कुनै खबर । न उनका लोग्नेसित गएका साथीहरू नै फर्के । उनीहरूले घर छोडेको केही महिनापछि पहाडतिरका ३ जना मान्छेहरू रापती नदी तर्दा डुबेर मरे रे भन्ने हल्ला त चलेकै थियो । सन्ज्याको बेलामा बर्षे रापतीमा डुबेर मर्ने अरू पनि त हुनसक्थे । तारघाटको व्यवस्था थिएन त्यस खबत् । उपाय एउटै–खुट्टाले तर्नुपर्ने रापती । डुङ्गा भनेको बेला पाइदैनथ्यो । मेरी भाउजूले शंकाले भुंग्रामा नुन राख्थिन् । नुन कुरामा उनी ढुक्क थिइन् किनकि उनको लोग्नेको नाम पारेर भुंग्रामा राखेको नुन नपट्किएको कहिल्यै पनि थिएन ।

दर्दसित लड्दालड्दै भाउजू साहसी भएकी थिइन् । लामो समयसम्म लोग्नेको सम्पर्कबाट टाढिए पनि भाउजूका आँखा कुनै परपुरूषतिर लहसिन पुगेनन् । कसैले बाङ्गो बचनले छेँड हाने पनि उनी प्रष्टसित जवाफ दिन्थिन् ।

मेरो छिमेकी भाउजू केही अग्लो, मोटो र खाइलाग्दो जिउडाल भएकी थिइन् । मीठो स्वर र हसिँलो अनुहार भएकी उनी एक सुन्दरी नारी थिइन् ।

कात्तिक महिनाको समय थियो । आकास निर्मल थियो । दशैं उछुट्टिएर तिहारले दैलो टेक्नै आँटेको थियो । सारा गाउँ तिहारको रामरमाइलो भित्र्याउन जुटेको थियो । आँठाभरि तिहार फुलेर ढकमक्क थियो । त्यसैगरी बारीभरि तोरी फुलेर पहेलै देखिन्थ्यो पूरा गाउँ । माहुरीको भुनभुनाहटले गाउँको वातावरण सङ्गीतमय बनेको थियो ।

भाउजू र हाम्रो घरको दूरी मात्र दश हातको थियो । दुई घर बीचमा खाली भागलाई साझा आँगन बनाएका थियौं ।

बिहान भरखर घाम झुल्केको थियो हाम्रो घरमा । भाउजू आँगन पोत्दै थिइन् । काली गुच्छा खेल्दै थिइ एक्लै पटाहामा । गाउँका हुलाकी दाइ हाम्रो घरतिर उक्लिदै गरेका देखिए । नभन्दै दाई हाम्रै घरमा आइपुगे । भाउजूको हातभरि हिला भएकोले झोलाबाट झिकेर चिठी मेरो हातमा थमाइदिए । मेरो हातमा चिठी पर्ने बित्तिकै भाउजू अचानक चिच्याइन्, ‘धागोले बाँधेको चिठी ?’

मलिन् अनुहार लिएर बोल्दै नबोली हुलाकी दाजु फरक्क फर्के घरतिर । भाउजू भने आफैले पोतेको चिसो आँगनमा ड्याम्म ढल्न पुगिन् । घरपारि खर्‍यानमा गाएको यस्तो गीत मेरो कानमा गुञ्जियो,

‘बाँचेछु भने फर्कुला प्यारी नरूनू बसेर ।

मरेछु भने आउला चिठी धागोले बाँधेर ।’

०००
घोडागाउँ, रोल्पा