गेथाती

साहित्य मन थाइल्याण्डद्वारा बडादशैंमा शुभकामना आदानप्रदान


६ आश्विन २०८२, सोमबार

सेप्टम्बर २२¸ थाइल्याण्ड । साहित्य मन थाइल्याण्डले आइतबार ‘दशैँ : विशेष रचना वाचन’ कार्यक्रम सम्पन्न गरेको छ । साहित्य मन थाइल्याण्डले सञ्चालन गर्दै आइरहेको ‘आदर्श दिव्य दर्पण’ को तेस्रो शृङ्खलामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

भर्चुअल माध्यमबाट आयोजना गरिएको उक्त कार्यक्रममा नेपालबाट साहित्यकारहरू युवराज नयाँघरे प्रमुख अतिथि रहनुभएको थियो भने प्रा.डा. वीणा पौडेल विशिष्ट अतिथि रूपमा रहनुभएको थियो ।

कार्यक्रममा सबैले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो । सो कार्यक्रममा नेपालबाट स्नही शिवले मन्तव्यसहित ‘नेपाली हामी रहौँला कहाँ…’ गीत गाउनुभयो भने ‘नयाँ सत्ता’ कविता सुनाउनुभयो । त्यस्तै थाइल्याण्डबाट स्रष्टाहरू विजय बमरेलले ‘पर्दा पछाडिको दशैँ’ कविता र ‘एकछिनको सुख पाउनका लागि…’ गजल वाचन, भीमलाल खनालले ‘आयो दशैँ’ कविता वाचन, विना ढकालले ‘दशैँ’ र ‘घर फर्क’ कविता वाचन गर्नुभएको थियो । त्यस्तै राज पौडेलले शुभकामनासहित कविता वाचन र दीपा रानाले ‘दशैँ’ र ‘द्रौपदी’ कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा सबैले एक आपसमा बडादशैंको शुभकामना आदानप्रदान गर्नुभएको थियो ।

साहित्य मन थाइल्याण्डका अध्यक्ष ओमप्रकाश न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव दीपा रानाले गर्नुभएको थियो ।