गेथाती

गजल : दिलकुमारी बुढामगर ‘दिलु’

दिलकुमारी बुढामगर ‘दिलु’
१० कार्तिक २०८०, शुक्रबार

कामले काम सिकाउँछ देखेर सघाउनुपर्ने हो
खुला छोडियो यो घाउ मलम लगाउनुपर्ने हो

‘दुःख छ भन्दै कसरी मुस्कुराउँछस्?’ सोध्यो उसले
सोचेर दुःखको पहिचान आँसुले गराउनुपर्ने हो

बाकस झरेको छ राजधानीमा बा सोच्दै होलान्
किन बिलम्ब भयो, छोराले पैसा पठाउनुपर्ने हो

रङ छ्यापेर साडीमा आमाको छोराले सोच्यो
किन सकेन रङ्हरू आमालाई हसाउनुपर्ने हो

बगेको खोलाजस्तै रहेछ एकोहोरो माया पनि
न मर्न न बाँच्न दिने के जीवन कटाउनुपर्ने हो?

०००

रोल्पा (हालः घोराही)

TAGS: गजल दिलकुमारी बुढामगर ‘दिलु’