‘हाइ’ भन्न सजिलो थियो ‘वाइ’ भन्न गाह्रो भयो
कर्म खोज्न परदेशमा सम्हालिन साह्रो भयो
अरुलाई सम्झाई बुझाई नयाँ बाटो हिँडाउँथे
सम्झाउँछ आज कल्ले मलाई अप्ठ्यारो भयो
उज्यालो दिँदै हिँडेको थिए अन्धकार चिर्नलाई
इन्दुको अघि पिलिक्क पिलिक्क गर्ने तारो भयो
अर्थ नै अर्थको जीवन भोगाइ अनि सुन सुनाइमा
त्यही अर्थ खोजी गर्दा देश प्यारो भयो
समाज अनि देशमा बस्ने अवस्था नै खस्कियो
सबैलाई मन नलाई देश छोड्ने चटारो भयो ।
०००
रुकुमपूर्व
