पिरतीमा भरोसा ढलेको छ साथी
पीडाले कतै दिल जलेको छ साथी
के थाहा कि कति खेर यो देह ढल्छ
जीवन सासकै भर चलेको छ साथी
पापी हीन मान्छे असल देख्नलाई
जोगी झै खरानी दलेको छ साथी
साथी हो कि दुश्मन भयो चिन्न गाह्रो
आफ्नैले यहाँ खुब छलेको छ साथी
जस्तो कर्म गर्छौ र फल मिल्छ उस्तै
जे रोप्छौ, त्यही नै फलेको छ साथी
०००
बहर : घनु मुसम्मन सालिम (अर्कान : २२२१ २२ १२२ १२२)
ललितपुर, काठमाडौं
