(१)
साहुले दिएको त्यो ऋण तिर्न,
बाध्यतामा परियो खाडी छिर्न ।
(२)
आहा हाँसो तिम्रो कति मीठो,
मख्खै भएँ म गाउँले ठिटो ।
(३)
पिरतीको न्यानो शितल लेऊ न,
साथ तिमी जुनी भरको देऊ न ।
(४)
खोज्दैछौ मायालु टाढिन खै किन,
सक्दिनौ र जीवनमा साथ दिन ?
(५)
छैन बल खेतबारीमा उम्रियो झाडी,
शून्य भए गाउँहरू युवा जति खाडी ।
०००
थबाङ ३, मिरुल, रोल्पा
