कहीँ उडी जीवन, भुमरी भई फस्यो
कहीँ बगी जीवन, पोखरी भई बस्यो
उडी उडी जीवन, कतै ठोकी जाला
बगी बगी जीवन, कतै सुकी जाला।
कहीँ फुली जीवन, वैशालु भयो।
कहीँ भुली जीवन, नशालु भयो।
फुली फुली जीवन, झरी जाने होला
भुली भुली जीवन, सरी जाने होला
कहीँ फुर्की जीवन, फुरमास भेला भो
कहीँ सुर्की जीवन, तमासको मेला भो
फुर्की फुर्की जीवन, फर्की नआउनेहोला
सुर्की सुर्की जीवन, खोजी नपाउनेहोला
कहीँ बगी जीवन, छहरा भई खस्यो
कहीँ उभी जीवन, पहरा भई बस्यो
बगी बगी जीवन, सागरतिर होला
उडी उडी जीवन, सगरतिर होला ।
०००
