गेथाती

अलपत्र बचेराहरू

शङ्‍कर घर्तीमगर
१६ जेष्ठ २०८३, शनिबार

हाम्रो चाहनाविपरीत
खरानी बनेपछि– अनगिन्ती सपना
भौतिक दुनियाँबाट तिम्रो अन्तिम बिदाइले
यो अभावै अभावको जीवन
बाँच्न विवश छौँ हामी
गन्तव्यमा पुग्न सङ्घर्स गरिरहेका
मग्न मस्त जीवन बिताइरहेका
कलिला निर्दोष कोपिलाहरू !
आज अलपत्र परेका छन् ।

अभावै अभावको जीवन,
झेलिरहेका छन्
लालाबाला लथालिङ्ग र
अलपत्र हुँदाहुँदै
हाम्रा बचेराहरूको नयन रसाउँछ ।

तिम्रै स्मृतिमा
तिमीबिनाको यसपल
केवल शून्य शून्य छ,
अधुरो र अपुरो छ ।

यस्तो लागिरहेछ !
सबैभन्दा ठुलो सङ्घर्ष हो- यो जीवनको ।
०००