गेथाती

टीकाराम उदासीले नेपाली गजलमा विद्यावारिधि


२५ आश्विन २०८०, बिहीबार

घोराही । साहित्यकार टीकाराम उदासीले नेपाली गजलमा विद्यावारिधि गर्नुभएको छ । उहाँले हालै त्रिभुवन विश्वविद्यालयबाट ‘उत्तरवर्ती चरणका नेपाली गजलका प्रवृत्ति’ विषयमा विद्यावारिधि गर्नुभएको हो ।

एक दर्जन बढि विभिन्न पत्रिका तथा पुस्तकहरु सम्पादन गर्नुभएका उदासी हाल हाल अन्तर्ध्वनि साहित्यिक त्रैमासिकको कार्यकारी सम्पादक र राप्ती साहित्य परिषद्को अध्यक्ष हुनुहुन्छ । उहाँ नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत जनता विद्यापीठ, बिजौरी, दाङको प्राध्यापक समेत गर्नुहुन्छ ।

साहित्यकार टीकाराम उदासीले नेपाली गजलमा विद्यावारिधि गर्नुभएको छ । उहाँले हालै त्रिभुवन विश्वविद्यालयबाट ‘उत्तरवर्ती चरणका नेपाली गजलका प्रवृत्ति’ विषयमा विद्यावारिधि गर्नुभएको हो ।

वि.सं. २०३० साल पुष १५ गते रोल्पामा जन्मनुभएका उदासी हाल दाङको घोराहीमा बस्दै आउनुभएको छ । उहाँका हालसम्म अनुरोध (कवितासङ्ग्रह—२०४८), वर्तमान बाँच्न खोज्दा (गजलसङ्ग्रह—२०५०), परिवेशका धुनहरु (गजलसङ्ग्रह—२०५६), अनुभूतिका बाछिट्टाहरू (हाइकुसङ्ग्रह—२०५८), मौसमका हरफहरु (संयुक्त कवितासङ्ग्रह—२०५९), गजलसिद्धान्त र नेपाली गजलको इतिहास (इतिहास÷समालोचना—२०५९), बोल्दैछ आफै मौसम (गजलसङ्ग्रह ) —२०६८, कुसुन्डा जातिको भाषिक इतिहास (सहलेखन) — २०७५ र मगर भाषाका आदिकविः जीवनी र सिर्जना – (जीवनी-२०७६) कृतिहरू प्रकाशित छन् ।

एक दर्जन बढि विभिन्न पत्रिका तथा पुस्तकहरु सम्पादन गर्नुभएका उदासी हाल हाल अन्तर्ध्वनि साहित्यिक त्रैमासिकको कार्यकारी सम्पादक र राप्ती साहित्य परिषद्को अध्यक्ष हुनुहुन्छ । उहाँ नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत जनता विद्यापीठ, बिजौरी, दाङको प्राध्यापक समेत हुनुहुन्छ ।