घोराही । साहित्यकार महेश्वर शर्मा (अविरल) द्वारा लिखित ‘विश्व परिवेशलाई नियाल्दा’ कवितासङ्ग्रह शनिबार दाङको घोराहीमा लोकार्पण गरिएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा आयोजित कार्यक्रममा उक्त कवितासङ्ग्रह लोकार्णप गरिएको हो ।
वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाँको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि – पद्मप्रसाद शर्मा¸ पुरूषोत्तम खनाल¸ कमलमणि देवकोटा¸ दुर्गालाल केसीलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । जिल्ला शाखा सदस्य हरिप्रसाद पौडेल ‘स्वर्णशिखा’को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कवितासङ्ग्रहमाथि डा. हिमलाल पन्थीले समीक्षा गर्नुभएको थियो भने कवि महेश्वर शर्मा ‘अविरल’ले आफ्नो मन्तव्य राख्नुभएको थियो ।
जिल्ला शाखा अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव प्रकाश के.सी.ले गर्नुभएको थियो ।
