गेथाती

बालगीतः दिदी


२६ आश्विन २०८०, शुक्रबार

भाइ
डोकोमा के राखेको
उठी कता हिडेको
कताकता ए नाना
म पो भाइ पाहुना

दिदी
दोकोमा हसियाँ राखेर
हातमालौरो समायर
चराउन लाने भेडा गाई
उताउता मेरो भाइ

भाइ
भो भो दिदी नजाउन
स्कुलजाने आउन
A, B, C, D लेख्ने
क, ख, ग, घ पढ्ने

दिदी
भो भो भाइ तिमी जाऊ
पढीलेखी घर आऊ
भोकाई यी मर्लान् नि
बालितिर जर्लान् नि

०००

TAGS: बालगीत