गेथाती

गजल : रेखा पन्त

रेखा पन्त
४ कार्तिक २०८०, शनिबार

कानै खाने साइरन छ बम छ आमा
धड्कन बड्दो बाँच्ने आश कम छ आमा !!


मुटुरोगी छौ सहौली के गरी
साँचो खबर भनम् कि नभनम् छ आमा !!


सम्झी देवी देवता भाकल गर्नू है
मेरो निम्ति यो समय खतम छ आमा !!


ठूला सपना छैनन् चाहना यत्ति हो
सन्तानका साथ केही साल बाँचम् छ आमा !!

स्वस्थ दिमाग सिङ्गो ज्यान लिई स्वदेशमा
फर्कन पाऊँ पुकारा हरदम छ आमा !!

०००
गोरखा (हाल : इजरायल)