गेथाती

कौडा बुढामगरको ‘कोई र कानङ’


१५ कार्तिक २०८०, बुधबार

रुकुमपूर्व जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका-१० तक “तकसेरा” का कौडा बुढामगर विगत एक दशकदेखि जापानलाई कर्मथलो बनाई बसिरहनु भएको छ।

नेपाल मगर सङ्घ, जापानको पूर्व अध्यक्ष र निवर्तमान संरक्षण भई विभिन्न सङ्घसंस्थामा आबद्ध रहनुहुने कौडा बुढामगरले १८ मगरातमा बोलिने खामभाषाको “कोई र कानङ” गीत आफनो युट्युव च्यानल केबी मगरबाट सार्वजनिक गर्नुभएको छ । कोई र कानङ-कोई र कानङ´को अर्थ `कोही कहाँ- कोही कहाँ´ भन्ने हुन्छ।उक्त गीतमा स्वयम् कौडा बुढामगरको शब्द र सङ्गीत रहेको छ ।

कौडा बुढामगरले यस अघि क्या राम्रो तकसेरा लोक गीत (Kya Ramro Takasera), कती राम्री सानीनानी (Kati Ramri Sani Nani), रातो झोला (Rato jhola) गीतहरूमा आफ्नो शब्द, सङ्गीत, स्वर र अभिनय गरिसक्नुभएको छ । साथै राजु लामाको स्वर र चर्चित नायक आकाश श्रेष्ठको अभिनय रहेको “ठूली” (Thuli) गीतका सर्जक समेत हनुहुन्छ।


भिडियो लिङ्कः