गेथाती

गजल : कमल लाहुरे

कमल लाहुरे
२६ मंसिर २०८०, मंगलवार

बा, उसलाई म नजिकबाट चिन्छु पक्का
थाहछ उसकै हातबाट सकिन्छु पक्का

यमराज ओछ्यानबाटै छोरा लगेको होस्
सुन ! अब तेरो विरोधमा उभिन्छु पक्का

सम्झिएर बिर्सिने तिमी मात्रै हौ मलाई
म सम्झिन नसक्दा पनि सम्झिन्छु पक्का

सक्छस् भने मेरा बा फर्काइदे भगवान्
भन बरु साटोमा जे माग्छस् दिन्छु पक्का

तिमीले बिर्सियो भनी गुनासो नगरेकै जाति
एकदिन सास फेर्न पनि बिर्सिन्छु पक्का ।
०००
सूदुर पश्चिम डोटी (हाल : पोखरा)

TAGS: कमल लाहुरे गजल नेपाली गजल