शोषणको विरुद्धमा लर्छन् साहित्यकार
देशको रूप फेर्न अघि सर्छन् साहित्यकार
गुन्दछन् यिनी दिलमा जननी र जन्मभूमि
मुटुमा माटो सुवास भर्छन् साहित्यकार
हेर्न यिनी देश काँ छ चढ्छन् सगरमाथा
कैले फेरि तराईमा झर्छन् साहित्यकार
बोल्छन् आवाज खोलेर झुक्न शिर दिँदैनन्
न त कहिले बन्दुकसित डर्छन् साहित्यकार
जान्दछन् यिनी जीवन जगतका सारा ज्ञान
र त अमर तारा भएर मर्छन् साहित्यकार ।
०००
रुकुमपूर्व
