गेथाती

गजल : गीता अधिकारी ‘जून’

गीता अधिकारी ‘जून’
१५ पुष २०८०, आईतवार

तिमीमा छ संसार धोका नदेऊ
भुलाएर त्यो प्यार धोका नदेऊ
~~
दियोसामु आएँ म पुतली बनेर
म मर्नेछु लौ मार धोका नदेऊ
~~
डुबाएर नौका म खेल्नेछु पौडी
लगाए भयो पार धोका नदेऊ
~~
ऊ हो मित्र मेरो सधैँ साथ दिन्थ्यो
नदेखाऊ हुङ्कार धोका नदेऊ
~~
तिमीमा उज्यालो छरेँ जून सम्झी
म बन्नेछु अंगार धोका नदेऊ
०००
पोखरा

TAGS: गजल गीता अधिकारी ‘जून’