मलाई मेरा हाल बताउने मान्छे सकिए
बोली बोली हरपल सताउने मान्छे सकिए
मैले त्यसैदिनबाट रिसाउन छोडिदिएको हुँ
जुन दिनदेखि रिसाउँदा फकाउने मान्छे सकिए
आजभोलि त गुनासोको पनि छुट्टै इज्जत छ जस्तो लाग्छ,
किनकि मेरा त गुनासो सुनाउने मान्छे सकिए
बसिरहन्छु एकान्तमा शान्त अनि बिल्कुल चुप,
किनकि याद गरेर गुनगुनाउने मान्छे सकिए
सायद प्राण छोड्न धेरै बेर लाग्दैन मलाई,
अब त मन मर्दा हिम्मत दिएर बचाउने मान्छे सकिए ।
०००
भुमे गाउँपालिका-८, रुकुमपूर्व
