गेथाती

सुल्पा ग्रुपको सांगीतिक उपहार सार्वजनिक


५ माघ २०८१, शनिबार

सुल्पा ग्रुपका साङ्गीतिक उपहार ‘माडी खोले झ्याम्रे’ म्युजिक भिडियो सार्वजनिक भएको छ । कलाकार रवीन्द्र सुनारको युटुब च्यानलबाट सार्वजनिक गरेका छन् । यही टिमले केही हप्ता पहिले मात्रै ‘कामी केटो’ म्युजिक भिडियो बजारमा लिएको थियो ।

सुल्पा ग्रुपले रोल्पा, रुकुम, दाङ, सल्यान, बागलुङ, प्युठानलगायतका जिल्लाहरूमा प्रचलित मौलिक कला र संस्कृतिहरूलाई आम दर्शकको माझमा लिइरहेको छ ।

रवीन्द्र सुनारको परिकल्पना र विजय पुनको निर्देशनमा तयार भएको उक्त भिडियोमा विजय पुन र निशा मगरले अभिनय गरेका छन् भने निमशीतल घर्तीमगर, राधिका हमाल, रवीन्द्र सुनार, रुचा पुन, नन्दवीर घर्तीमगर, निता पुन, खगेन्द्र बुढामगरले आवाज दिएका छन् ।

मारुनी डिजिटल स्टुडियो काठमाडौँमा रेकर्डिङ गरिएको माडी खोले झ्याम्रेको एरेन्ज अमर रोकामगरले गरेका छन् भने निमशीतल घर्तीमगर र रवीन्द्र सुनारको शब्द सङ्कलन रहेको छ ।

भिडियोको छायाङ्कन रोल्पा नगरपालिकाको १० नं. वडाअन्तर्गत धबाङमा गरिएको गायिका निता पुनले बताएकी छिन् ।

भिडियो लिङ्क