गेथाती

मनोज थापामगरका दुई गजलहरू

मनोज थापामगर
२० आश्विन २०८१, आईतवार

गजल–एक
गरिन्छ प्रेमको अपेक्षा अधिक
गिरिन्छ सधैँ सोचभन्दा अधिक

बाचा थियो सधैँ सम्झिन्छु भनेर
गरेकै त थिएँ मैले बाचा अधिक

एउटा खुसी हराएको पत्तै भएन
मिल्नेछ फेरि भविष्यमा अधिक

गल्तीले टेकिएछ यो प्रेमको धरातल
विगतमा गरेकोथेँ ऐयाऐया अधिक

प्रेम छुटेको आज एक युग बितेछ
अगाडि पुगिसकेछ जमाना अधिक
०००

गजल–दुई
मेरो प्यारको चर्चा छ अखबारमा अझै
मुस्कुराइरहेछ ऊ आफ्नै हारमा अझै

किन सेतो वस्त्रमा सजिँदैछिन् उनि
किन सेतो रङ पर्दैन शृङ्गारमा अझै

यो प्रेम कहिल्यै निको नहुने रोग रहेछ
तिमी याद खर्च गर्दैछ्यौ उपचारमा अझै

मैले आफ्नोपन खोजेको हुँ तिमीभित्र
यो जिन्दगी बाँचेको छ ओढारमा अझै

०००