हर सम्बन्ध हुँदैन बलियो छुट्टिएर जान्छ
भित्ताको पलास्टर पनि उम्किएर जान्छ
केही नलग्नेहरू पनि केही दिएर जान्छन्
हेर्नुस् हुलाकी आउँछ चिठी दिएर जान्छ
मलाई तिमीले के सोचेर रोएको भन्यौ ?
गाग्री भरिएपछि पानी पोखिएर जान्छ
अप्ठ्यारोमा साथ छोड्नेलाई जान दिनुस्
सुपामा चामलबाट बियाँ पन्छिएर जान्छ
वैचारिक बेमेलपछि सम्बन्ध सकियो
जुन पातलो हुन्छ त्यै डोरी चुडिएर जान्छ
०००
घोराही -११- दाङ
