नेपालीहरूको ठूला चाडमध्ये दशैं भर्खरै सकिएको छ । तिहार सबैको घरआँगनमा आइसक्यो । दशैंमा घर नआएका परदेशीहरू तिहार मान्नका लागि घर फर्किन थालेका छन् । किसानलाई बाली भित्र्याउने¸ खनजोत गर्ने चटारो छ । चेलीहरू माइत जाने पाहुर बनाउन थालिसकेँ । सबैलाई सबैतिर चाडवाडको माहोलले छोएको छ । कलाकारहरूलाई गीत र म्युजिक भिडियो निकाल्ने तछाडमछाड छ । यही भीडमा किरणबाबु पुनले तिहार गीत लिएर आएका छन् ।
किरणबाबुले केही दिनअघि आफ्नै युट्युव च्यानलमा सार्वजनिक गरेको गीत हो¸ सानुमाया । गीतमा किरणबाबु पुन र टीका पुनको सुमधुर स्वर रहेको छ । चर्चित हास्यकलाकार खबपु चञ्चल मगरले म्युजिक भिडियो निर्देशन गरेको छन् । उक्त म्युजिक भिडियोमा खबपु चञ्चल मगर, करिष्मा पुनमगर, प्रशंसा ओली, करुणा तामाङ र शान्ति पुलामीमगरलगायतको नृत्य देख्न सकिन्छ ।
गीतमा द्यौसीभैलो खेलिएको छैन तर द्यौसीभैलो खेल्दा यो गीत गाएर मज्जाले नाच्न भने सकिने खालको छ । किरणबाबुको यस गीतले तिहार तताउने आशा गरिएको छ ।
भिडियो लिङ्कः
