गेथाती

गजल : दिलकर्ण बुढामगर

दिलकर्ण बुढामगर
२४ कार्तिक २०८०, शुक्रबार

यादहरूले सधैँ सम्झिने बानी बनाउँदोरहेछ
थाहा नदिई आँखाले पनि पानी बनाउँरहेछ ।

दुनियाँ त्यागेर हिँडेको साधुलाई पनि हेर
भट्टीको पानीलाई सानी बनाउँदोरहेछ ।

कतै दुःख कतै सुख प्रकृतिको रीत न हो
बटुलेर सिङ्गो जीवन कहानी बनाउँदोरहेछ ।

कतै गुण कतै वैगुण सम्झिँदा रहेछन्
यसरी नै जिन्दगानी बनाउँदोरहेछ ।

यसकारण पढ्न र पढाउन छाडेँ है हजुर मैले पनि
सबैले मास्टरडिग्री सकेपछि राहदानी बनाउँदोरहेछ ।
०००
– रुकुमपूर्व