म त्यसरी नै सकिएँ प्यारमा परेपछि
जसरी सकियो टीका निधारमा परेपछि
धनी भेट्यौ गरिब छोड्यौ ठीकै हो
सय देखिँदैन नजर हजारमा परेपछि
आँसु बन्छ आँखामा परेपछि पानी
पानी बन्छ आँसु इनारमा परेपछि
दुनियाँ प्रेममा यसरी नै डुब्छन् बुझेँ
‘ट्राइ अगेन’ शब्द उपहारमा परेपछि
आजाद बुझ्ने छैन आजाद रहेसम्म
आजाद बुझ्छ कारागारमा परेपछि
०००
प्युठान
