एक नाम चाहिन्छ अर्को थर चाहिन्छ
बताउनलाई ठेगाना बस्नलाई घर चाहिन्छ
बिना चाहत त कसले के पो पाएको छ र यहाँ
भागको खाना पेटमा हाल्न पनि रहर चाहिन्छ
तिमीसँगै रुनेका कुरा गर्छौ सजिलो कहाँ छ र
आँसु बग्न पनि वचनको प्रहर चाहिन्छ
छुट्ने बेलामा उसको अन्तिम वचन यही थियो
कि मलाई साथ देऊ होइन भने जहर चाहिन्छ
माग्दैमा पूरा कहाँ हुने रै’छ र नत्र मागेकै त हो
कि यो गाउँ बदलिँदेऊ मलाई शहर चाहिन्छ
०००
भूमे गाउँपालिका-८, रुकुमपूर्व
