गेथाती

नविना घिमिरेका दुई मुक्तकहरू

नविना घिमिरे
२० माघ २०८०, शनिबार

मुक्तक – एक
यो मन कताकता बहकिन लागेको छ
जिन्दगी झन झन उजाडिन लागेको छ
के हरायो के खोसियो अचेत हुँदैछु म,
फिक्का हाँसो पनि खोसिन लागेको छ ।

मुक्तक – दुई
मुस्कान बाँडी जानेको प्यारमा परेकी छु
अङ्गाल्नु कि त्याग्नु खै दोधारमा परेकी छु
जीवन उसमा छ, जुन समाजले स्वीकार्दैन,
सबै खुशी पाएर पनि त हारमा परेकी छु ।
०००
पोखरा