गजल–एक
योभन्दा राम्रो बन्नसक्छ देश दामी अझै
विदेशीले पैँचो माग्नुपर्छ मलामी अझै
मलाई देखेर उनी निरास भएकी छन्
हुनेरहेछ यादहरूको प्रतिगामी अझै
हतार हतारमा हिँडिरहेछ मान्छेहरू
मृत्यु पर्खेर बसेको छ बिरामी अझै
हाम्रो प्रेम युगौंयुग जिवित रहन्छ
जति गरे पनि हुन्छ बदनामी अझै
०००
गजल–दुई
मलाई नि दुःखहरूले इज्जत गर्न थाल्यो
यादहरूले सपनामा स्वागत गर्न थाल्यो
खुसीहरू बन्दकी छन् साहुको घरमा
आँखाले आँसुको मात्र खपत गर्न थाल्यो
गाउँमा इमान्दारीको उपमा बुहुत पाए
शहरले मेरो अघि के हर्कत गर्न थाल्यो
पछाडि फर्केर नहेरेकोमा ठूलो पश्चाताप छ
उचाइमा पुगेर मनले गलत-गलत गर्न थाल्यो
०००
