गेथाती

घरज्वाइँ-दयाहाङ अनि मिरूना मगर


२८ चैत्र २०८०, बुधबार
gharjwaaee

पुर्वी रुकुमका मगर बस्तीहरू तकसेरा, लुगुम लयातका गाउँहरूमा छायांकन गरिएको मगर संस्कारमा आधारित चलचित्र “घरज्वाइँ” को क्यारेक्टर पोस्टर सार्बजनिक गरिएको छ ।

जनक घर्ति मगरको निर्माणमा रहेको उक्त चलचित्र अनिल बुढा मगरले निर्देशन गर्नुभएको छ । चलचित्रमा वर्तमान समय नेपाली सिनेजगतमा दर्शकहरूले अत्यन्तै रुचाएका नायक दयाहाङ राई र नायिका मिरूना मगर लगायतका बहुचर्चित कलाकारहरूको अभिनय रहेको बताइएको छ ।

निर्देशक अनिल बुढा मगर स्वयंले कथा लेखेका छन् भने फिल्ममा उनीसँगै बिनोद खतिवडा र सुभाष कोइरालाको पटकथा तथा संवाद लेखन छ।

पूर्वी रूकुममा छायांकन भएको फिल्मलाई सुशन प्रजापतिले खिचेका हुन् । यो फिल्म २०८१ असार २८ गतेदेखि प्रदर्शन हुनेछ ।
मुख्य गरी मगरहरुको घराज्वाई परम्परामा रही यो फिल्म निर्माण गरिएकोले निर्देशक अनिल बुदाले मगर समाजको कथालाई कतिको सास्कृतिक, कलात्मक,न्यायपूर्ण र जीवन्त रुपमा प्रस्तुत गर्छन त्यो हेर्न फिल्म नै कुर्नुपर्ने छ।