कवि राम अधिकारीको पहिलो पुस्तक ‘सपना र छायाहरू’को विचोचन भएको हो । शब्द मिडिया प्रा.लि.बाट प्रकाशन भएको उक्त पुस्तकलाई प्रमुख अथिति प्रा.डा. सुष्मा आचार्य, कार्यक्रम संयोजक प्रा.डा. सनतकुमार वस्ती, कवि राम अधिकारी र साहित्यपोस्टका प्रधानसम्पादक तथा अध्यक्ष अश्विनी कोइरालाले संयुक्त रूपमा विमोचन गर्नुभएको हो ।
एक दशकयता अमेरिकाको भर्जिनियामा बसोबास गरिरहेका कवि अधिकारी यसअघि पनि पत्रपत्रिकामा कविता र समसामयिक लेख लेख्ने गर्नुहुन्थ्यो । अमेरिका पुगेपछि रोकिएको उहाँको लेखन एक दशकपछि पुनः सक्रिय भएको हो ।
पुस्तकलाई सेन्ट जेभियर्स कलेजका नेपाली विषयका अध्यापक देवेन्द्र पौडेलले समीक्षा गर्नुभएको थियो । समीक्षक पौडेलका अनुसार पुस्तक सरल भाषामा गम्भीर विषय पस्कने कविता कृति भएको बताउँदै यसले नेपालको राजनीति, सामाजिक र यहाँको परिवेश गहिरोसँग समातेको बताउनुभयो । किताबमा राखिएको पहिलो कविता ‘खुसी’ले व्यक्त गरेको मानवीय प्रवृत्तिको उहाँले खुलेर प्रशंसा गर्नुभयो ।
कार्यक्रममा सहभागी कवि शंकर ढकालले सपना र छायाहरू संग्रहभित्रको ‘जहाँ चोरहरू देश चलाउँछन्’ नामक कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन र संयोजन प्रा.डा. सनतकुमार वस्तीले गर्नुभएको थियो ।
०००
