गेथाती

गजल : मनोज थापामगर

मनोज थापामगर
१७ मंसिर २०८१, सोमबार

भए पनि मन उदास तेरो
हाँसेरै हुनेछ सुरूवात तेरो

मैले सोध्नुपर्ने बाँकी केही छैन
बस् सुनाउनुपर्ने छ जवाफ तेरो

समयले बनायो तँलाई धोकेबाज
फेरि समयमै उतार्ने छ नकाव तेरो

कस्तो होला दिन सोचेको छैन
यतिसम्मको प्यारो छ रात तेरो

हिजो अर्कैले सिन्दुर हालिदियो
खास तेरो नलागोस् आवाज तेरो ।

०००

दाङ