रोल्पामाथि लेखिएको कवितासङ्ग्रह ‘कुइख्याङ’ विमोचन कार्यक्रम सम्पन्न भएको छ । ५१ जना कविहरूको रचना सङ्कलन गरिएको उक्त कवितासङ्ग्रह ३० औँ जनयुद्ध दिवस तथा ४३ औँ जनसाँकृतिक महासङ्घ नेपालको स्थापना दिवसको अवसर पारी २०८१ फागुन १ गतेका दिन पेरिसडाँडा काठमाडौँमा भव्य कार्यक्रमको बीच विमोचन गरिएको हो ।
रोल्पा जिल्ला र रोल्पा बाहिर गरी ५१ जना कविहरूले सिर्जना गरेका कविताहरू कवि युग सर्वनामले संकलन तथा सम्पादन गरेका छन् भने ‘रोल्पा कला-साहित्य प्रतिष्ठान¸ काठमाडौँ’ले प्रकाशन गरेको छ ।
कवितासङ्ग्रहमाथि अखिल नेपाल लेखकसंघ केन्द्रीय समितिका अध्यक्ष एवम् कवि स्वप्निलस्मृतिले आफ्ना विचारहरू राखेका थिए ।
यस कृतिको समीक्षा तथा परिचर्चा कार्यक्रम ठाउँ ठाउँमा राखिने रोल्पा कला-साहित्य प्रतिष्ठानका अध्यक्ष जीवनप्रवेश रोकामगरले बताएका छन् ।



