गेथाती

फागुन १४ मा ‘साहीमासा’ विमोचन हुने


११ फाल्गुन २०८१, आईतवार

कवि समीप बैरागीद्वारा लिखित कविताङ्ग्रह ‘साहीमासा’ यही फागुन १४ गते विमोचन हुने भएको छ ।

रोल्पा कला साहित्य प्रतिष्ठानले प्रकाशन गरेको उक्त कवितासङ्ग्रह १४ गते दिउँसो १:०० बजे नेपाल प्रज्ञा-प्रतिष्ठानको (लेखनाथ कक्ष) कमलादी¸ काठमाण्डौँमा हुने भएको छ । विमोचन कार्यक्रममा कवि श्रवण मुकारुङ, कवि तथा लेखक नवीन विभास र कवि लक्ष्मी रुम्बा वक्ताका रूपमा रहनेछन् ।

२०८१ फागुन १२ गते आइतबार रोल्पा कला साहित्य प्रतिष्ठानको आधिकारिक फेसबुक आइडीबाट व्यानर सार्वजनिक गरिएको छ ।

अठार मगरात मगर खाम भाषाबाट साहित्यक कृतिहरू प्रकाशन गर्दै आएका बैरागीले यसपटक नेपाली भाषाबाट ‘साहीमासा’ कवितासङ्ग्रह पाठकसामु ल्याउँदैछन् ।