जुन २ न्यूयोर्क,
मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरको पाँचौं अधिवेशन यही आइतबार न्यूयोर्कको ज्याक्सन हाइटस्थित हिमालयन करी हाउसमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले म्याग्दीका रत्नसिंह गर्बुजालाई अध्यक्ष पदमा निर्विरोध चयन गर्दै १६ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।
आगामी दुई वर्षे कार्यकालका लागि निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष टेक मिलन पुन मगर, उपाध्यक्ष गगन थापा मगर, महिला उपाध्यक्ष प्रेमा घर्ती मगर, सचिव दिलिप श्रीष मगर, सह–सचिव दिपेन्द्र आले मगर, महिला सचिव माया पुन मगर, कोषाध्यक्ष निरोज पुलामी मगर र सह–कोषाध्यक्षमा स्मृति बुढा मगर चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा सन पुन मगर, सुरेश पुन मगर, शिरु पुन मगर, युवराज घर्ती मगर, किरण बुढा मगर र याम बहादुर पुन मगर रहेका छन्।
अधिवेशनको उद्घाटन मगर संघ अमेरिकाका संस्थापक अध्यक्ष स्व. हेम बहादुर पुन मगर र नेपालको प्रथम शहीद लखन थापा मगरको स्मृतिमा दीप प्रज्वलन तथा खादा अर्पण गरी गरियो। कार्यक्रममा मगर संघ अमेरिका केन्द्रीय अध्यक्ष याम पुन मगर, संस्थापक अध्यक्ष कुलदिप राना मगर र न्यूयोर्क च्याप्टरका पूर्व अध्यक्ष अमृत रोका मगर प्रमुख अतिथि रहनुभएको थियो।

अधिवेशनको समापनमा निर्वाचन समिति संयोजक याम पुन मगर, सदस्य कुलदिप राना मगर र याम कुमारी मगरले संघको जिम्मेवारी नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो।
नवगठित कार्यसमितिले प्रवासमा रहेका मगर समुदायबीच एकता, संस्कृति संरक्षण र आपसी सहयोग प्रवर्द्धनमा केन्द्रित भइ कार्य गर्ने प्रतिबद्धता जनाएको छ। अधिवेशनमा मगर समुदायका अगुवा, समाजसेवी तथा विभिन्न राज्यहरूबाट आएका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
संघले नयाँ नेतृत्वको सफल कार्यकालका लागि सम्पूर्ण मगर समुदायको साथ, समर्थन र सक्रिय सहभागिताको अपेक्षा राखेको छ।
