रोल्पाको घर्तीगाउँमा ‘उज्यालोभित्रको अँध्यारो’ गजलसङ्ग्रह शनिबार लोकार्पण गरिएको छ ।
युगदर्पण साहित्यिक समाजको आयोजनामा माडी गाउँपालिका निबासी शङ्खर घर्तीमगरको गजलसङ्ग्रह घर्तीगाउँमा लोकार्पण गरिएको हो ।
युग दर्पण साहित्यिक समाजका गीता निर्दोषीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथिमा माडी गाउँपालिका अध्यक्ष अमरसिहं घर्तीमगर रहनुभएको थियो । कार्यक्रमको विशिष्ट अतिथिमा माडी गाउँपालिका पूर्वअध्यक्ष नन्दबहादुर घर्तीमगर, रोल्पाका अग्रज साहित्यकार डीबी टुहुरो रहनुभएको थियो ।
अतिथिहरूमा देवप्रसाद पुनमगर, भरतबहादुर बुढामगर, सन्दिप सीलगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नेपाल प्रहरी, बुद्धिजीवी, नागरिक समाज, पत्रकार, साहित्यकारलगायतको उपस्थित रहेको थियो ।
पुस्तकको समीक्षा सर्जक अमर जिएम र आभाष बेसहाराले गर्नुभएको थियो ।
