न्यूयोर्क, जुलाई २८ — गेमी तकसेरा समाज अमेरिकाको चौथो अधिवेशन यही सोमवार न्यूयोर्कस्थित ज्याक्सन हाइटको नेपाली भान्छा घरमा भव्य रूपमा सम्पन्न भएको छ। उक्त अधिवेशनले मधुकर बुढा मगरलाई पुनः अध्यक्ष पदमा निर्विरोध चयन गर्दै आगामी दुई वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा सुसाङ बुढा मगर, उपाध्यक्षहरूमा प्रेम बुढा मगर र सूर्य रसाइली चयन भएका छन्। त्यस्तै, महासचिवमा युवराज घर्ति मगर, सचिव तथा सांस्कृतिक संयोजकमा कबल बुढा मगर, कोषाध्यक्षमा किरण बुढा मगर र सह-कोषाध्यक्षमा सुप्रीन्सा घर्ति मगर चयन भएका छन्।
कार्यसमितिका सदस्यहरूमा निशा बुढा मगर, विशाल बुढा मगर, जोक नारायण वि.क, निशा बुढा मगर,पाण्डब बुढा मगर, धर्म बुढा मगर, धनकला बुढा मगर रहेका छन्।

अधिवेशनको निर्वाचन समितिमा संयोजकको रूपमा दीप सागर बुढा मगर र सदस्यहरू देवेन्द्र बुढा मगर तथा रनप्रसाद बुढा मगरले भूमिका निर्वाह गरेका थिए। समितिले नयाँ नेतृत्वलाई विधिवत् रूपमा कार्यभार हस्तान्तरण गरेको हो।
नवगठित कार्यसमितिले प्रवासमा रहेका गेमी तकसेरा समुदायबीच एकता, संस्कृति संरक्षण, पहिचानको प्रवर्द्धन तथा आपसी सहयोगलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
उक्त अधिवेशनमा अमेरिका भरिबाट आएका तकसेरा समुदायका अगुवा, समाजसेवी, प्रतिनिधि तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
समाजले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिंदै सम्पूर्ण गेमी तकसेरा समुदायको साथ, सहयोग र सक्रिय सहभागिताको अपेक्षा गरेको छ।
