गेथाती

‘मारुम’को म्युजिक भिडियो सार्वजनिक


२७ आश्विन २०८०, शनिबार

काठमाडौँ । त्रिभाषिक गीत ‘मारुम’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा मगर खाम¸ नेपाली र अङ्ग्रेजी गरी तीन भाषा मिसाइएको छ ।

सुमित्रा बुढा र गोपाल पुनमगर ‘सिङरोन’को स्वर रहेको उक्त भिडियो सुमित्रा बुढा युट्युव च्यानलबाट सार्वजनिक भएको हो । सुमित्रा बुढाको शब्द रहेको उक्त गीतको सङ्गीत गोपाल पुनमगर ‘सिङरोन’ले गर्नुभएको हो ।

देव पुनले निर्देशन गर्नुभएको उक्त म्युजिक भिडियोमा गायक स्वयम् सिङरोन र जुना गुरुङलगायतका कलाकारहरूलाई देख्न सकिन्छ ।

गीतमा प्रयोग भएको मारुमको शब्दको अर्थ मामाको छोरी (आफूभन्दा जेठी/भाउजू), परातीको अर्थ भोलि, मदको अर्थ रक्सी र रावको अर्थ मह भन्ने हुन्छ ।

सिङरोनले यसअघि मगर खामभाषाका चर्चित गीतहरू जोस लेओ होस लेओ, आओ झिम आओ नाङ्खार, रमए रालक्युलगायत गाइसक्नुभएको छ । साथै उहाँ चर्चित बालगीत पुतलीका सङ्‍गीतकारसमेत हुनुहन्छ ।

भिडियो लिङ्कः

TAGS: समाचार