सुमधुर स्वरकी धनी बयन बुढामगर गायन क्षेत्रमा सक्रिय छिन् । सानैदेखि गीतसङ्गीतमा रुचि राख्ने बयन बुढामगरको घर रुकुमपूर्व जिल्लाको तकेसरा (तप्तु सेरा) गाउँमा पर्छ । पुथाउत्तरगंगा गाउँपालिकामा पर्ने यो गाउँ सांस्कृतिक सम्पदाले धनी गाउँ हो । गाउँका मेला¸ पर्व तथा महोत्सवहरूमा गाउँदै आएकी मगर अचेल राजधानीमा छिन् । उनका केही गीतहरू आफ्नै बयन बुढामगर1 युट्युव च्यानलमा पनि छन् ।
विभिन्न युट्युव च्यानलहरूमा लाइभ दोहोरी गाउँदै आफ्नो स्वरलाई परिचित बनाएकी मगरको नयाँ गीत बजारमा आएको छ । उनको ‘गाईखानी’ लोकदोहोरी गीत सार्वजनिक भएसँगै चर्चित भएको छ । खेम सेञ्चुरीको शब्द तथा लय रहेको सो गीतमा बयन बुढामगर र खेम सेञ्चुरीकै स्वर रहेको छ ।
निकै प्रेमिल गीतमा केटाले केटीलाई फकाइरहेको छ भने केटीले केटाप्रति अविश्वास गरिरहेको जस्तै महसुस हुन्छ । केटाले ‘गाईखानी¸ माया के राम्रो होला नि’ नजिक हुन खोजेका छन् । तर केटी भने ‘गाईखानी¸ तिमी छौ क्या हो बैमानी’ भन्दै आशंका व्यक्त गरेकी छन् ।
यति मीठो गीतको भिडियोलाई प्रकाश भट्टले गजबको निर्देशन गरेका छन् । स्वयम् गायक खेम सेञ्चुरी र अञ्चली अधिकारीको नृत्य तथा अभिनयले गीतमा अझ सुनमा सुगन्ध थपेको छ । उक्त म्युजिक भिडियो खेम सेञ्चुरीको युट्युव च्यानलमा देख्न सकिन्छ ।
भिडियो लिङ्कः
