मगर खाम भाषामा पहिलो मौलिक कौडागीत सार्वजनिक भएको छ । ‘धापा चुसिरा गेराके ङामाया’ बोलको उक्त कौडागीत ध्रुव पुन गुमानेको युट्युवमा सार्वजनिक भएको हो ।
चर्चित चलचित्रकर्मी ध्रुव पुन गुमानेको शब्द¸ सङ्गीत रहेको उक्त गीतमा गुमाने¸ सुमित्रा बुढा र मौसम पुनमगरको स्वर रहेको छ । मौसम पुनमगरको प्रस्तुति रहेको उक्त कौडागीतमा मायाप्रेममा आधारित छ । उक्त गीतमा केटाकेटीले मगरहरूको महान् पर्व माघी र भूमे पर्वमा भेटी जुनीजुनीलाई मायाप्रेम साट्ने वाचाकसम खाएका छन् । गीत सुन्दा स्रोताहरू छमछमी नाच्नसक्ने खालको बनाइएको छ ।
ध्रुव पुन गुमानेको मगर भाषाको ऐतिहासिक चलचित्र ‘मोड्यालनी’ निकै चर्चित छ भने सुमित्रा बुढाको ‘मारुम’ गीत पनि निकै चर्चित छ ।
मगर खाम भाषामा ‘धापा चुसिरा गेराके ङामाया’को अर्थ ‘रोधी बस्न आउँला मायालु’ भन्ने हुन्छ । लिरिकल भिडियोको रूपमा सार्वजनिक भएको यस गीतको म्युजिक भिडियो मौलिक भेषभूषामा देखिने गरी छिट्टै छायाङ्कन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
गीत हेर्नुहोस्ः
