गेथाती

टीकापुर

मनोज थापामगर
२१ कार्तिक २०८०, मंगलवार

केही सपनाहरू
केही गन्तव्य थिए
टीकापुर कैलालीमा
तर
सपना सपनामै सीमित भयो
आजभोलि बोलिरहेछ
उसका यादहरूले
टीकापुरपार्कबाट
त्यो बस्तीबाट
बोलाइरहेछ
बगरले समुन्द्र खोजेजस्तै
हरेकदिन ।

उसका यादहरूले
बारम्बार बोलाइरहेछ
आउँ त कसरी आउँ
उसका यादहरू ताजै छन्
यी मन मुटुहरूमा
नआउँ भनूँ भने
पुरानो साइनो छ टीकापुरसँग ।

मेरो मस्तिष्कमा
उसका पुराना यादहरू
कैयौंपटक
लम्कीदेखि टीकापुरसम्मका यात्राहरू
हजारौंपटक
मेरो मस्तिष्कले
सधैँभरि
साँझपख
यात्राहरू पार गरेका छन्

सोधिरहेछु
‘टीकापुर¸ के तिमीले मलाई प्रेम गर्दैनौं ?’

०००

तुलसीपुर, दाङ

TAGS: कविता मनोज थापामगर