रोल्पाको जलजला पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । प्राकृतिक रूपमा धनी त छ नै धार्मिक रूपमा पनि त्यतिकै चर्चामा छ । बजुबराहको पूजा गरिने यस क्षेत्र निकै रमणीय क्षेत्र छ । यहाँका स्थानीय तह र जिल्लाले नै यसलाई प्रचारप्रचार गर्दै आएका छन् । पत्रकार¸ कलाकार र साहित्यकारहरूले पनि यस क्षेत्रलाई चिनाउन भूमिका खेल्दै आएका छन् ।
यसै क्रममा अमर रोकामगर ‘विज्ञान’ले ‘जलजला’को नामलाई जोडेर झ्याउरे गीत ल्याएका छन् । आशा सानी मगरको प्रस्तुतिमा ‘जलजलामा हिउँ पर्यो सेतै..’ आएको छ । अमर रोकामगरको लय तथा शब्दमा रोकामगर र आशा सानी मगरकै स्वर रहेको छ ।
खबपु चञ्चल मगरले उक्त गीतको म्युजिक भिडियो निर्देशन गरेर गीतलाई अझ सुन्दर बनाइदिएका छन् विनय पुन र ममता रानामगरको मुख्य अभिनय रहेको भिडियोमा कलाकारहरूले अथार मगरात क्षेत्रमा लगाइने भेषभुषाहरू लगाएका छन् । शहरमा छायाङ्कन गरिए पनि भिडियोमा गाउँले परिवेश देख्न सकिन्छ ।
अमर रोका मगर नामक युट्युव च्यानलमा यो गीत राखिएको छ ।
भिडियोः
