गेथाती

गजल : भावना बुढामगर

भावना बुढामगर
३ मंसिर २०८०, आईतवार

कति कमाइ हुन्छ, कति बचाइ हुन्छ
यस्ता प्रश्‍नले घाउ हुन्छ दुखाइ हुन्छ

भत्केको घर र चुहिने छानो सम्झन्छु
घृणाको बजारमा घृणा नै दबाई हुन्छ

भुलेको छैन भुल्ने हरुलाई अझै मैले
एकै दिनमा चौबीस घण्टा खटाई हुन्छ

शिर झुक्दैमा हार सम्झेर भुल गर्‍यौ
नभुल्नु फकेको बिरुवामा झुकाइ हुन्छ

यो माफी तिमीलाई मेरो भीख भयो
हेर्नुस् नटोक्ने कुकुरको भुकाई हुन्छ
०००

TAGS: गजल भावना बुढामगर