गेथाती

रथ पुनमगरको दोस्रो गीत बजारमा


६ पुष २०८०, शुक्रबार

रथ पुनमगरले दोस्रो लोकदोहोरी गीत बजारमा ल्याएका छन् । रुकुमपूर्व जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाको गरखानी निबासी पुनमगरको गीतको बोल ‘कि मायाले मेरै हो भन…’ रहेको छ । मौसम गुरुङ र शान्तिश्री परियारको स्वरमा रहेको उक्त लोकदोहोरी गीतमा केटातर्फ सागर विरही र गोविन्द अनेक साथै केटीतर्फ प्रतिमा बि.क. र सुनिता लोहनीको सहयोगी स्वर रहेको छ ।

मौसम गुरुङको युट्युव च्यानलमार्फत् अपलोड भएको उक्त गीतको ‘म्युजिक भिडियो’ निकै राम्रो रहेको छ ।


रथ पुनमगरले यसअघि Maili माईली कौडा गीत ल्याएका थिए । उक्त कौडागीत निकै चर्चित समेत भइसकेको छ ।

भिडियो लिङ्कः

TAGS: गतिविधि