गेथाती

गजल : विष्णुकुमार बराइली

विष्णुकुमार बराइली
८ पुष २०८०, आईतवार

तिमीले दिएको नमीठो छ पीर
बनेको छ अब धारिलो शूल तीर

भयौ निष्ठुरी दुख्छ धेरै हृदयमा
त्यहीमाथि रोप्यौ दुखाएर झीर

बिदाको खुशीमा रमाई तिमीले
बनायौ नरुच्ने विषै हालि खीर

मलाई अफाली तिमी पो बनेछौ
सबैको नजरमा गजब खूब धीर

सबैले नराम्रो भने अब यसैले
तिमी हिँड्नु बाटो म हिँड्नेछु भीर
०००
बहर : मुतकारिब मुसम्मन सालिम (अर्कान : १२२ – १२२ – १२२ – १२२)
मिरिक , भारत

TAGS: गजल नेपाली गजल विष्णुकुमार बराइली