आमा मेरी हुन् मायाकी खानी
सधैँ सम्मान गर्छु म भगवान् मानी
कसैले मेरी आमालाई नराम्रो भन्छ
जब मेरो आँखाबाट आँसु नै खस्छ
हरेक दु:ख सुखमा साथ दिने आमा
बाटोको तीखा काँडा पन्छाउने आमा
जसले आमाले दे’को संस्कार लिन्छ
उसैले अरूलाई सकारात्मक ज्ञान दिन्छ
हजुरलाई छोडेर अब म कहाँ जानी
आमा हजुरबिना मैले के होला गर्नी
गाईवस्तु जान्छिन् चराउन भीरमा
आमाको आशिर्वाद सधैँ मेरो शिरमा
स्कुलबाट भोकाई आउँछ्न् भनी
खान बनाई राखिदिन्छौ हतार गरी
जसले आमाको सङ्घर्ष पीडा बुझ्छ
उहीँ सबैभन्दा पहिला गन्तव्य पुग्छ
०००
ओखलढुङ्गा
