आमा
अरूले त बलेको
आगोमात्र ताप्दा रै’छन्
निभेको मेरो चुलोमा
अगुल्टो झोसिदिने
मात्र तिमी रै’छौ
आमा
हाँस्नलाई पो
अरू चाहिने रै’छन्
भक्कानिएर रूनलाई त
तिम्रै काख नै चाहिने रै’छ
आमा
अरूले त स्वार्थ पाउँदा
आशीष दिए साथ पनि दिए
तर नपाउँदा
गाली र श्राप
अनि खोट पनि देखाए
मात्र तिमी रै’छौ
आमा
म बिग्रे पनि
म सप्रे पनि सधैँ दिने साथ
निश्वार्थ माया र आशिर्वाद ।
०००
दाङ
