गेथाती

मधुर स्वर र आकर्षक दृश्यमा ‘मिठो बोली’ म्युजिक भिडियो सार्वजनिक 


२९ पुष २०८१, सोमबार

तकसेरा क्रियशनको प्रस्तुति ‘मिठो बोली’ नामक नयाँ नेपाली म्युजिक भिडियो दर्शकमाझ आएको छ। गीतको मुख्य भूमिकामा बिजय पुन र चहाना राना मगर छन्, जसले यो म्युजिक भिडियोमा आफ्नो उत्कृष्ट अभिनय देखाएका छन्।गीतमा बिन्दु परियार र दीप सागर बुढा मगर को सुमधुर स्वर रहेको छ। यस गीतका शब्द र संगीत पनि दीप सागर बुढा मगरले नै तयार पारेका हुन्। दोलराज बारघरे को संगीत संयोजनले गीतलाई अझ उत्कृष्ट बनाएको छ। मिक्सिङ र मास्टरिङको जिम्मा कुमार राना ले सम्हालेका छन्।

भिडियोको निर्देशन मौसम हिमाली ले गरेका छन् भने छायांकनको काम नवराज उप्रेती ले गरेका छन्। भिडियोमा नृत्य संयोजन पनि उत्कृष्ट रहेको छ, जसको कोरियोग्राफी मौसम हिमाली कै हो। मेकअपको काम बिमला तामाङ ले गरिन्।‘मिठो बोली’ गीत Adventure Entertainment को पोस्ट प्रोडक्सनमा तयार गरिएको हो। यो भिडियो दीप सागर बुढा मगर को आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

यस म्युजिक भिडियोले मगर परिवेश र नेपाली सांस्कृतिक जीवनशैलीलाई प्रस्तुत गर्ने प्रयास गरेको छ। यस गीतले दर्शक/श्रोताहरूको मन जित्ने अपेक्षा गरिएको छ।‘मिठो बोली’ विभिन्न डिजिटल प्लेटफर्महरूमा पनि उपलब्ध हुनेछ, जस्तै Spotify, TikTok, Apple Music, Tidal, Deezer, र SoundCloud।

गीतले मनोरञ्जन दिनुका साथै नेपाली कला, संस्कृति र संगीतको प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। दर्शकहरूले सार्वजनिक भिडियोलाई सकारात्मक प्रतिक्रिया दिने विश्वास गरिएको छ।